Wednesday, October 9, 2024

आइसीसी टि२० विश्वकपमा नेपालले प्रयोग गर्ने जर्सी आज सार्वजनिक हुने

आइसीसी टि२० विश्वकपमा नेपालले प्रयोग गर्ने जर्सी आज सार्वजनिक हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आज साँझ ५ बजे एक कार्यक्रम गर्दै जर्सी सार्वजनिक गर्ने जानकारी दिएको छ । नेपालले दोस्रो पटक टि२० विश्वकप खेल्दैछ । यसपटक केल्मीले विश्वकपको जर्सी निर्माण गर्न लागेको हो ।

यसै जुनमा हुने विश्वकपको आयोजना अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । २० राष्ट्र सम्मिलित विश्वकपको नेपाल समूह डी मा रहेको छ । नेपालसँगै समूहमा दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । नेपालले जुन ४ मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

11,500FansLike
2,000FollowersFollow
9,550SubscribersSubscribe
- Advertisement -spot_img

ताजा समाचार