8.1 C
Kathmandu
spot_img

आफ्नै छोरीको हत्या गरेको आरोपमा एक जना पक्राउ

आफ्नै १७ वर्षीया छोरी अन्जली जिसीलाई रड प्रहार गरी हत्या गरेकोे आरोपमा रुपन्देहीको कञ्चन गाउँपालिका–५ बर्गदवाका नारायणबहादुर जिसीलाई पक्राउ प्रहरीले गरेको छ् । अञ्जली बुधबार दिउँसो साथीलाई भेट्न भनेर घरबाट हिँडेकी थिइन् । छोरीलाई खोज्दै बुटवल आइपुगेका उनले बुटवलमा भेटेर घर जान आग्रह गर्दा नमानेपछि रिसको झोंकमा रड प्रहार गर्दा मृत्यु हुन गएको बयान दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मनोहर भट्टले बताए ।


बुटवलको ईटाभट्टी लाइनमा रहेको मालिका होटल एन्ड लजमा बुधबार रडले हानेर छोरीको हत्या गरी शवलाई होेटलको कोठामै सिरकले छोपेर नारायण भागेका थिए ।
घटनापछि अन्जलीकी आमाले आफ्ना पति नारायणविरुद्ध किटानी जाहेरी दिएकाले प्रहरीले खोजतलासका क्रममा बिहीबार दिउँसो कञ्चन ४, थकालीचोकबाट नारायणलाई पक्राउ गरेको डीएसपी भट्टले बताए । अदालतबाट म्याद थप गरी थप अनुसन्धान शुरु भएको उनले बताए ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles