“सान्नानी” यो शब्द सुन्ने बिक्तिकै मायाको आभाष हुन्छ । यहि आभाषलाई झल्काउनका लागि होला सायद एम टी गणेश अधिकारीले शब्दमा उतारेर गीत मार्फत बर्णन गरेका छन । जसलाई आफ्नै यु ट्युव च्यानल मार्फत एम टी गणेश अधिकारी यु ट्युव च्यानलमा सार्बजनिक गरेका छन् ।
हुन त पछिल्लो समय गित संगित क्षेत्रमा गीतहरु राम्रा राम्रा बजारमा आएका छन । तर सफलता नपाउँदा धेरै जसो कलाकारहरुले हौषला घटाउन थालेको पनि छन र गीतको म्युजिक भिडियो पनि बनाउन डराउन थालेको थुप्रै कलाकारहरु बताउँछन । तर दर्शकहरुले यो गीतलाई हेर्नुभयो भने अबश्य पनि माया गर्नेमा ढुक्क रहेको गीतका सर्जक अधिकारी बताउँछन ।
गीतमा एम टी गणेश अधिकारीको शब्द र आवाज सौगात जंग थापाको संगित रहेको छ भने संगित सम्योजन चर्चित संगितकार,गायक तथा संगित संयोजक राजेन्द्र बजगाईको रहेको छ ।थुप्रै गीतहरुको अडियो मिक्सिङ्ग गरिसकेका मनोज परियारले गीतको अडियो मिक्सिङ्ग म्यजिक किचनमा गरेका छन भने गीतलाई रेकडिङ्ग स्टुडियो २१ मा गरिएको हो ।
भिडियो हेर्दा कुनै पनि दृष्य नछुटाएर हेर्न सकिने गीतमा बिना राउत र सुरेश कोहलीले आफ्नो अभिनयको खुबी देखाउन कुनै पनि कसर छोडेका छैनन । गीतको म्यजिक भिडियोमा निर्देशन तथा कोरीयोग्राफी प्रविन थापा,छायाकंन महेश महरा,सम्पादन कलरिङ्ग अमृत चापागाईको रहेको छ भने मेकअप एमुना पाण्डेको रहेको छ ।