15.1 C
Kathmandu
spot_img

कर्णाली पुलबाट हाम फालेका युवाको शव भेटियो

होलीको दिन चैत १२ गते चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेका कैलालीको लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्रबहादुर शाहीको शव भेटिएको छ । होलीको दिन पौडी खेल्न कर्णाली पुलबाट १७ जना युवाले सामूहिक रूपमा नदीमा हाम फालेका थिए । उनीहरूमध्ये १६ जना पौडी खेलेर बाहिर निस्किए पनि शाही भने बेपत्ता भएका थिए ।

Screenshot 2024 03 28 182745

टीकापुर नगरपालिका–२ को सनकट्टी घाटमा बिहीबार दिउँसो कर्णाली पुलबाट करिब १६ किलोमिटरको दुरीमा रहेको स्थानमा शाहीको शव फेला परेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले जानकारी दिए । उनलाई खोज्न सशस्त्र प्रहरीको गोताखोर टोलीसहित स्थानीयबासी र नेपाल प्रहरी खटिएका थिए ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles