15.1 C
Kathmandu
spot_img

काठमाडौँ महानगरपालिकाले तोकेको जरिवाना राप्रपाले नतिर्ने

काठमाडौँ महानगरपालिकाले गत २७ गते राप्रपाले गरेको आन्दोलनका क्रममा आइल्याण्डमा क्षति पुगेको भन्दै २ सय २२ रुपैयाँ तत्काल तिर्न पत्र मार्फत राप्रपालाई ताकेता गरेको थियो। उक्त रकम राप्रपाले नतिर्ने बताएको छ।

‘महानगरले प्रतिशोधका आधारमा हामीलाई पत्र पठाएको हाम्रो ठहर हो भन्दै हामीले त्यो रकम तिर्दैनौ’, राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने।

महानगरले आन्दोलनकारीहरूको गतिविधिले आइल्याण्डमा क्षति पुगेको ठहर गर्दै उक्त जरिवाना तत्काल तिर्न राप्रपा कार्यालयमा पत्र पठाएको थियो।

महानगरले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७ बमोजिम २२२ रुपैयाँ मर्मत बापत तिर्नु पर्ने निर्णय गरेको थियो।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles