कृषि बिकास बैक लिमिटेडको ५७औं बार्षिक उत्सबको उपलक्ष्यमा कृषि बिकास बैक कर्मचारी संगठन नेपालको आयोजनामा कृषि बिकास बैक लिमिटेडको प्रायोजनमा आन्तरिक र अन्तर बैँक तथा बित्तिय संस्थान ब्याडम्यान्टिन प्रतियोगीता गरेको छ । उक्त कार्यक्रम १९ देखि २१ सम्म संचालन हुनेछ । काठमाण्डौको बसुन्धरा फिटनेस पार्क ब्याडम्यान्टिन एकेडेमीको हलमा भएको प्रतियोगीतामा संगठनका अध्यक्ष ईन्द्रमणी घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले खेलेर उत्घाटन गर्नु भएको थियो । बैंकको बार्षिक उत्सबमा ब्याडम्यान्टिन प्रतियोगीता नै राख्नुको कारणको हामीले गरेको खेल नै किन रोज्नु भयो भन्ने प्रश्नमा संगठनका अध्यक्ष इन्द्रमणी घिमिरेले बैंकको काममा तनाव हुने र दिनभरी अफिसमा बसीराख्न पर्ने भएका कारण तनावहुने र अस्वस्थ हुने हुदाँ खेलमा ब्यायमपनि हुने र स्वस्थ पनि हुने भएका कारण तनाव मुक्त हुने बताउनुभयो । साथै कृषि बिकास बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोबीन्द गुरुङ्गले पनि सोही कुरालाई दोहोर्याउदैै बैंकमा काम गर्ने सबै कर्मचारीहरुलाई कार्य ब्यस्तता कामको तनावका कारण अस्वस्थ रहने हुदाँ पनि खेलहरु खेलीरहँदा तनाव मुक्तहुनुका साथै काममा अझ उर्जा थपिने र स्वस्थ रहने बताउनुभयो । साथमा खेलकुद एक्लैले गर्ने कार्य नभई सबैको समन्वयमा हुने हुदाँ समुहमा कार्य गर्न सिकाउने पनि जिकिर गर्नुभयो ।
उहाँले थप्दै भन्नुभयो हमीले खेलकुद आयोजना गरेका कारण कर्मचारीहरुको उर्जा बढेकै कारण बैकले गत बर्ष भन्दा यस बर्ष दोब्बर फाईदा गरेको बताउनुभयो । अहिले पछिल्लो समय बिभिन्न बैकहरुले आर्थिक स्थितिको पनि अभाव भोग्नु परेका बेला ग्राहकहरुको कृषि बिकास बैक प्रति बिश्वास बढेको बताउनुभयो ।