18.1 C
Kathmandu
Wednesday, January 15, 2025
spot_img

चर्चित गायिका एलिना चौहानको राम नवमीमा विवाह

चर्चित गायिका एलिना चौहानले बुधबार ५ गते राम नवमीमा विवाह गरेकी छन् । झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजित वैवाहिक समारोहमा उनले प्रेमी विष्णु सापकोटालाई वरमाला पहिराएकी हुन ।
बेहुला बेहुलीको पहिरनमा ठाँटिएका उनीहरुलेै आफन्त र एलिना निकट कलाकारहरु रचना रिमाल, मेलिना मैनाली लगायतका बिच औंठी साटासाट गरेका थिए ।
विष्णु बागलुङको घरबाट जन्ती लिएर मंगलबार बेलुका झापा पुगेका थिए । अहिले उक्त पार्टी प्यालेसमा विवाह समारोह चलिरहेको छ । भव्य सजावटसहित आयोजित समारोहमा सांगीतिक माहोल पनि चलिरहेको उनि निकटले बताए ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles