Wednesday, October 9, 2024

डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसनमाथि राजधानी कोपेनहेगनमा आक्रमण

डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसनमाथि राजधानी कोपेनहेगनमा आक्रमण भएको छ ।प्रधानमन्त्री कार्यालयका अनुसार सहरको मध्य भागमा रहेको एउटा चोकमा एक व्यक्तिले प्रधानमन्त्री फ्रेडरिकसनलाई कुटपिट गरेका हुन् । आक्रमणकारी पक्राउ परेका छन् ।बीबीसीका अनुसार युरोपेली आयुक्त उर्सुला भोन डर लेयनले यसलाई ‘घृणित कार्य’ भनेकी छन् ।

प्रधानमन्त्रीको कार्यालयले जारी गरेका विज्ञप्तिमा भनिएको छ, ‘शुक्रबार कोपेनहेगनको कल्चरभेटमा प्रधानमन्त्री मेटेफ्रेडरिकसनलाई एक व्यक्तिले आक्रमण गरेको थियो । आक्रमणकारी पक्राउ परेका छन् । यो घटनाबाट प्रधानमन्त्री स्तब्ध हुनुहुन्छ ।’आक्रमणकारीमाथि सोधपुछ भइरहेको तर, आक्रमणको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

11,500FansLike
2,000FollowersFollow
9,550SubscribersSubscribe
- Advertisement -spot_img

ताजा समाचार