8.1 C
Kathmandu
spot_img

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको सुनसहित २ जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको अन्दाजी २५ ग्रामको सुनसहित प्रहरीले पाँचथर फालेजुङ गाउँपालिका–३ घर भएका ३२ वर्षीय दिलु सुब्बा र सिन्धुली कमलामाई नगरपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–३२ बस्ने ३९ वर्षीय भविमान ठोकरलाई पक्राउ गरको छ । हिमालयन एयरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका सुब्बालाई भन्सार छली गर्न लगाई ठोकरले सिक्री एक थान, आईफोन १३ प्रो म्याक्स एक थान, रेडमि मोबाइल तीन थान, डेल ल्यापटप दुई थान र एक थान एयरपोड प्रो चारसहित संकलन गरी लैजान लागेको अवस्थामा विमानस्थलबाट उनीहरूलाई पक्राउ गरिएको हो ।पक्राउ परेका दुवैजनालाई अनुसन्धान तथा थप कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जनाएको छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles