9.2 C
Kathmandu
spot_img

दिनेश केसीको “तिम्रो आगमनले” सार्बजनिक

सानैदेखि गीत संगित क्षेत्रमा रुची राख्ने दोलखाको गौरी शंकर गाउपालिका-३मा जन्मिएका बुवा जनक बहादुर खत्री र आमा मीन कुमारी खत्रीका जेष्ठ सुपुत्र हुन दिनेश केसी जसले दर्जनौ नेपाली चलचित्रमा अभिनय गरीसकेका छन । थुप्रै गीतहरुमा शब्द,अभिनय,परिकल्पना गरीसकेका केसीले आवाज पनि भरिसकेका छन। धेरै देश बिदेश घुम्ने कलाकारहरु मध्ये पर्ने दिनेश केसी आफुलाई ट्राभल लभर भन्न पनि रुचाउछन।
प्रतिभाले भरिपुर्ण दिनेश केसी एक अब्बल नायक पनि हुन। उनले खतरनाक,बादशाह,लाले, दानव लगायतका थुप्रै चलचित्रमा अभिनय गरेका छन। अभिनय र गायन उनको प्रिय पाटो हो । शोही क्रममा केसीको “तिम्रो आगमनले” भन्ने बोलको गीत दोलखा फिल्म्स यु ट्युब च्यानल मार्फत सार्बजनिक भएको छ। गीतमा दिनेश केसी, अमृत भारतीको शब्द,राजेन्द्र बजगाईको सङीत रेहेको छ भने अवाज केसीको आफ्नै रहेको छ। राजेन्द्र बजगाईको (एरेन्ज) सङीत सम्योजन, मनोज परियारको मिक्स माष्टरिङ रेहेको गीतलाई म्युजिक किचन स्टुडियोमा रेकर्डिङ गरिएको हो।
दोलखा फिल्म्सको परिकल्पना रहेको अच्युत बजगाईको सम्पादन र कलरिङ रेहेको गीतको भिडियोमा हङेरी,स्विजरल्याण्ड,जर्मनी,नेदरल्याण्ड लगायतका देशहरुका केसी घुम्ने क्रममा खिचिएका दृष्यहरु समाबेश गरिएको छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles