15.1 C
Kathmandu
spot_img

धादिङको गैरीखर्कमा आगलागीमा परी एक दम्पतीको मृत्यु

धादिङको थाक्रे गाउँपालिका–५, गैरीखर्कमा आगलागीमा परी एक दम्पतीको मृत्यु भएको छ ।बुधबार राति आगोमा जलेर घरभित्रै रहेका ७० वर्षीय तेजबहादुर लामा र उनकी श्रीमती ठूली तामाङको घटनास्थलमै मृत्यु भएको हो ।गएराति साढे ११ बजे प्रहरीले आगलागीको खबर पाएको थियो । नजिकको हाप्सेचौर अस्थायी प्रहरी पोष्टबाट प्रहरी टोली पुग्दा घर पूरै जलिरहेको थियो ।
‘दमकल जाने स्थिति पनि थिएन, राति साढे १२ बजे आगो निभ्यो, भित्र हेर्दा दुई जनाको मृत्यु भएको देखियो,’ जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता मकेन्द्र मिश्रले भने ।आगोमा जलेर अन्न, लत्ताकपडा, मकै पिस्ने मेसिन लगायत सबै जलेको छ । धनमाल क्षतिको विवरण संकलनका लागि इन्सपेक्टरको कमाण्डमा प्रहरी टोली खटिएको छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles