18.1 C
Kathmandu
Wednesday, January 15, 2025
spot_img

नक्कली सुनलाई सक्कली भन्दै ६० लाखमा बेचेको आरोपमा एक पक्राउ

नक्कली सुनलाई सक्कली भन्दै ६० लाखमा बेचेको आरोपमा भारतको सिलुगुढीका ५४ वर्षीय शेरबहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले पक्राउ गरेको हो ।

गिरीले आफूसँग १ किलो काँचो सुन रहेको भन्दै झापाको बुद्धशान्ति गाउँपालिका–२ कि ४५ वर्षीया सविता सिटौलालाई ६० लाखमा बिक्री गरेको पाइएको झापाका डीएसपी कृष्ण चन्दले बताए ।

सिटौलाले ६० लाखमा किनेको भनिएको सुन नक्कली परेपछि प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यसपछि प्रहरीले गिरीलाई बिर्तामोड–५ स्थित शनिश्चरे रोडबाट पक्राउ गरेको हो ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles