स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) नेपालले २०८१ बैशाख २४ सोमवार फेकनका केन्द्रिय अध्यक्ष राजु निरौलाको अध्यक्षतामा युके पढ्न जाने बिधार्थीहरुलाई कसरी परामर्श गर्न सकिन्छ भन्ने उदेश्यले फेकनका सदस्य तथा कन्सल्टेन्सीका संचालनक र परामर्शदाताहरु माझ युके भिसा सम्बन्धी सम्पुर्ण जानकारी दिनका लागि युके इन्फरमेशन सेसन २०२४ सफलता पुर्बक सम्पन्न गरेको छ ।
युके डिर्पाटमेन्टका प्रमुख तथा फेकनका केन्द्रिय सदस्य राज कुमार ढकालको संयोजगत्व र युके डिर्पाटमेन्टका सदस्य रविन शर्माले तालिम संचालन गरेको कार्यक्रममा युके डिर्पाटमेन्ट अन्र्तरगतका निश्चल श्रेष्ठ, क्षितिज पौडेल,रेनु रेग्मी, प्रतिक ढकाल तथा फेकनका सदस्यहरु र कन्सल्टेन्सीका संचालनकका साथै परामर्शदाता लगायत सय भन्दा बढीको सहभागीतामा सफलता पुर्बक सम्पन्न भएको थियो ।
युके डिर्पाटमेन्टका प्रमुख तथा फेकनका केन्द्रिय सदस्य राज कुमार ढकालले नियमित यस्ताखाले कार्यक्रमले परामर्शदाताहरुको क्षमता अभिबृद्धि भई उनिहरुको कार्य क्षेत्रमा काम गर्न सहज हुने भएकाले कार्यक्रमको आयोजना गरेको चुरो खबरलाई बताए । उक्त कार्यक्रमको संचालन फेकनका केन्द्रिय महासचिब छबीराज ओझाले गर्नुभएको थियो ।