बाजुराको बूढीनन्दा नगरपालिकामा पौने २ करोडभन्दा बढी लगानी गरेर दुइटा खाल्डाको डम्पिङ साइड बनाइएको छ । आर्थिक वर्ष ०७५÷७६ मा नगरपालिकाको वडा नम्बर ७ मा रहेको खड्काबाडा गाउँमाथिको वनमा डम्पिङ साइड बनाइएको थियो ।
डम्पिङ साइडको नाममा दुइटा खाल्डा मात्रै बनाउन नगरपालिकाले १ करोड ८९ लाख ५५ हजार रुपैयाँ लगानी गरेको छ । त्यही पनि प्रयोग हुन नसकेपछि नगरपालिकाले वडा नम्बर १ मा फेरि अर्को बनाउने तयारी थालेको छ ।
करिब ४ वर्षअघि उक्त डम्पिङ साइड बनाउँदा नै स्थानीयबासीले विरोध गरेका थिए । डम्पिङ साइड निर्माणका लागि लागेको ठेक्का पनि मिलेमतोमा भएको आरोप स्थानीयको छ । हन्डिक इन्जिनियरिङ कन्सल्टेन्सी एण्ड कन्सट्रन्सन प्रालिले डम्पिङ साइड निर्माणको ठेक्का पाएको थियो ।