राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले दुबै मिर्गौला फेल भएका श्रद्धय श्री गुरुदेव कामत ज्युलाई केही सहयोग होस भन्दै सम्मानका लागि नगद रकम हस्तान्तरण गरेको छ ।
बिगत लामो समय छ दशक देखि शास्त्रिय संगित सिकाउँदै बिभिन्न उत्कृष्ठ गायक,संगितकार तथा कलाकार उत्पादन गर्नुभएको श्रद्धय श्री गुरुदेव कामत ज्यु अहिले बिरामी भई थला पर्नुभएको छ। श्री गुरुदेव कामत ज्यु सम्भवत नेपालका निकै नै पुराना शास्त्रिय संगित गुरु पनि हुनहुन्छ । उहाँले दिएको गीत संगित प्रतिको योगदानलाई सायदै बर्णन गर्न सकिन्छ होला । श्री गुरुदेव कामत ज्यु को दुईटै मिर्गौला फेल भएको थाहा पाएपछि राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले थोरै भएपनि उहँलाई सहज होस भनी केही नगद रकम सहयोग गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष राजेन्द्र बजगाई लगायत कोषाध्यक्ष नारायण थापा,सदस्य भद्र वलि, प्रतिक्षा काफ्ले, शुबास तिम्सिना र प्रमोद डीजीले गुरुदेव कामतको निवासमा मै पुगेर प्रतिष्ठानको तर्फबाट सहयोग रकम हस्तान्तरण गर्नभएको थियो ।त्यहाँ एकछिनका लागि सबैले गीत गाएर संगितमय बातारण भएको थियो त्यो देखेर श्री गुरुदेब कामत ज्यु ले केही आनन्दपनको अनुभव भएको बताउनु भएको थियो ।
हाम्रो संस्था मार्फत गुरुदेवको सम्मानका लागी केही रकम मात्र सहयोग भएतापनि हाम्रो संस्था र हामी सदैव श्री गुरुदेव कामत ज्युको सेवामा उपलब्ध रहने र उहाँले गीत संगित प्रती गरेको योगदान सह्रार्निय रहेकोे प्रतिष्ठानका अध्यक्ष राजेन्द्र बजगाईले बताउनुभयो ।