18.1 C
Kathmandu
Wednesday, January 15, 2025
spot_img

रिसइबी साध्न छिमेकीको ३ वर्षीया छोरीको हत्या, आमाछोरी पक्राउ

सिरहामा छिमेकको तीन वर्षीया छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सिरहा नगरपालिका–१८ जरूवा लक्ष्मीनिया टोल बस्ने ४७ वर्षीया सोना देवी यादव र उनकी छोरी पूजाकुमारी यादव रहेका छन् । सोनावतीका श्रीमान् धनिकलाल यादव भने फरार छन् ।छिमेकी रमेश यादवकी तीन वर्षीया छोरी रिया कुमारीको हत्या गरेको आरोपमा आमाछोरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।डीएसपी सापकोटाका अनुसार गत वैशाख १२ गते बिहान १० बजेतिर घर अगाडि खेलिरहेकी रमेशकी छोरी रिया हराएकी थिइन् ।

खोजतलासको क्रममा गत वैशाख १४ गते राति साढे ११ बजे छिमेकी धनिकलाल यादवको घरको छतमा जाने भ¥याङ नजिकै बालिकाको शव फेला परेको थियो ।

मसुराको झ्याङ्टाभित्र कालो रंगको प्लाष्टिकको बोराभित्र बालिकाको शव फेला परेको डीएसपी सापकोटाले बताए ।अनुसन्धानको क्रममा परिवारसँगको रिसइबी साध्न धनिकलालको परिवारले रमेशको छोरीको हत्या गरेको खुलेको डीएसपी सापकोटाको भनाइ छ ।
उनका अनुसार करिब एक वर्षदेखि छिमेकी रमेश र धनिकलालको परिवारबीच झैझगडा हुने गरेको थियो । त्यही रिसइबीका कारण धनिकलालको परिवारले घर अगाडि खेलिरहेकी बालिकालाई बिस्कुट दिई आफ्नो घरभित्र लगेर हत्या गरेको डीएसपी सापकोटाले बताए ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles