15.1 C
Kathmandu
spot_img

रिहानिका बडुको “आहा कति राम्रा पुतलीका हुल”

बालापन भन्ने बित्तिकै अबिस्मरणीय क्षण हो भन्ने थाहा हुन्छ। बालापन कहिले फर्केर आउदैन हो त्यही बालापनमा जे गरे पनि राम्रो लाग्छ भन्दै रिहानाका बडुले आफ्नो “आहा कति राम्रा पुतलीका हुल” बोलको दोश्रो बालगीत लिएर आएकी छन। गीतलाइ डिभाइन गर्ल रिहानिका यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ।

चर्चित सङीत सम्योजक( एरेन्जर) केशब बडुको छोरी हुन रिहानिका बडु । कतिपयलाइ लाग्न सक्छ सबै पृष्ठभुमी आफ्नै घरमा भएपछी गीत त आइहाल्छ नि त्यो कुरा जायज पनि हुन सक्छ तर रिहानिकाको हकमा यो कुरा कमजोर हुन जान्छ किनभने रिहानिकाको प्रतिभामा ठुला ठुला प्रतिभावान ब्यक्तिहरु पनी नतमस्तक हुन बाध्य हुन्छन। रिहानिका सङ अतिनै मीठो स्वर, अभिनय र आफ्नो कलाले मख्ख बनाउन सक्ने क्षमता छ ।
उनकी आमा श्रीया बडुको शब्द रहेको गीतमा एरेन्ज र कम्पोज केशब बडुको रहेको छ भने रेकर्डिङ कर्ण सन्ज्याल,मिक्सिङ मास्टरिङ गोबिन्द शोनीको रहेको छ। गीतको रेकर्डिङ एक्सन स्टुडियोमा गरिएको हो।

श्रीया बडुको भिडियो निर्देशन,सम्पादन रहेको गीतमा छायान्कन देवराज आचार्य,सम्पादन तथा कलर शन्तोस सुनारको रहेको छ। गीतलाइ पहिलेको गीत भन्दा धेरै माया पाउने आशा रहेको रिहानिका बडु बताउछिन।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles