Wednesday, October 9, 2024

रूसी सेनामा भर्ती भएका नेपालीहरूको परिवारले गरे अनसन स्थगित

रूसी सेनामा भर्ती भएका नेपालीहरूको परिवारले अनसन स्थगित गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पत्र पठाएपछि उनीहरूले १७ औं दिनमा आइतबार अनसन तोडेका हुन्।

रूसको सेनामा भर्ती भएकाहरूलाई नेपाल फिर्ता ल्याउन, मृत्यु भएकाहरूको शव ल्याउन लगायतका माग राख्दै उनीहरूका आफन्त रत्नपार्कस्थित गणेश मन्दिर परिसरमा अनसन बसेका थिए।

आइतबार प्रधानमन्त्रीको कार्यालयले रूसी सेनामा भर्ती भएकाहरूको जीवन प्रतिरक्षाका लागि सरकार प्रतिबद्ध रहेको र उनीहरुलाई सकुशल फिर्ता ल्याउन पहल गरिरहेकाले अनसन स्थगित गर्न अनुरोध गरेको थियो।

रूसी सेनामा आबद्ध नेपालीहरूको उद्धार लगायतका विषयमा यहाँहरूलेल उठाउनुभएका मागहरूबारे नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ। उक्त मागहरूका सम्बन्धमा सरकारले कुटनीतिक पहल गरिरहेको र उक्त पहललाई सार्थक निष्कर्षमा पु¥याउन थप पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै जारी अनसन स्थगित गरिदिनुहुन हार्दिक आग्रह गर्दछौं,’ पत्रमा भनिएको छ।

लगातारको अनसनबाट उनीहरुको स्वास्थ्य पनि बिग्रँदै गएको र प्रधानमन्त्री कार्यालयबाट पनि प्रतिबद्धता पत्र प्राप्त भएकाले तत्कालका लागि अनसन स्थगित गरिएको अभियान्ता कृतु भण्डारीले जानकारी दिइन्।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

11,500FansLike
2,000FollowersFollow
9,550SubscribersSubscribe
- Advertisement -spot_img

ताजा समाचार