लागुऔषध मुद्दामा फरार रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा बुधबार लामालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
उपाध्यक्ष लामा खैरो हिरोइन बिक्रीमा संलग्न भएको र लामालाई तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ जेठमा ५ वर्ष कैद सजाय सुनाएको थियो। तर उनले कैद भुक्तान गरेका थिएनन्।
अदालतबाट दोषी हुँदा सर्वोच्च नगएका उनी एन्फामा प्रवेश गर्दै उपाध्यक्ष पदसम्म पुगेका थिए। उनी अदालतबाट दोषी ठहर भएको कुरा १५ वर्षपछि गत पुस पहिलो साता सार्वजनिक भएको थियो।
डेढ वर्षअघि भएको एन्फा केन्द्रीय कार्यसमिति निर्वाचनको बेलामा पनि लामाको विषयमा निर्वाचन समितिमा उजुरी परेको थियो। त्यतिबेला लामाले आफूले जेल बसिसकेको भन्दै कुरा मोडेका थिए।
एन्फा विधानको धारा २४ मा लागुऔषध बिक्री वितरणको मुद्दामा एक वर्ष वा सोभन्दा बढी कैद सजाय पाइ त्यस्तो फैसला अन्तिम भएको व्यक्ति एन्फामा निर्वाचित हुन नसक्ने उल्लेखित विधानअनुसार लामाको उपाध्यक्ष पद स्वतः खारेज हुन्छ।