प्राविधिक समस्याका कारण दाङदेखि रुकुमसम्मका जिल्लामा नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकम लुम्बिनी प्रदेश कार्यालय भैरहवाका निर्देशक अनन्त प्रकाश मल्लिकले दाङको लमहीदेखि घोराहीतर्फ जाने बाटोमा प्राविधिक समस्या देखिएको र मर्मतका लागि टोली परिचालन गरिएको जानकारी दिए । प्राविधिक समस्याका कारण घोराही, तुलसीपुर, सल्यान, रुकुम लगायतका क्षेत्रमा सबै प्रकारका मोबाइल र ल्याण्डलाइन सेवा प्रभावित भएको छ । फोन नलाग्ने समस्या आएपछि टेलिकमका सेवाग्राही मर्कामा परेका छन् ।
‘लमहीदेखि १३ किलोमिटर टाढा विद्युत प्राधिकरणको हाइटेन्सन टावरमा राखिएको एडीएसएसमा समस्या देखिएको छ,’ निर्देशक मल्लिकले भने,अन्य सामान्य खालका मर्मत स्थानीय प्राविधिकहरुले नै गर्न सक्ने तर विद्युत प्राधिकरणको हाइटेन्सन टावरमा राखिएको उपकरण भएकाले विशेष टोली बुटवलबाटै पठाउनु पर्ने भएकाले ‘त्यसका लागि बुटवलबाट विशेष प्राविधिक टोली दाङ प्रस्थान गरिसकेको छ ।