13.1 C
Kathmandu
Wednesday, January 15, 2025
spot_img

वीरगन्जमा स्रोत नखुलेको रुपैयाँसहित एक जना पक्राउ

वीरगन्ज महानगरपालिका–१४ गण्डक चोकबाट स्रोत नखुलेको १३ लाख १५ हजार रुपैयाँसहित सोही महानगरपालिका–२२ जगरनाथपुर बस्ने २८ वर्षीय रवि कुमार पटेललाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले वीरगन्जबाट परवानीपुरतर्फ जाँदै गरेको प्रदेश २–०३–०१० प ६७१९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई झोलाभित्र लुकाई ल्याएको उक्त रकमसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles