Wednesday, October 9, 2024

सिरहामा हतियारधारी समूहले मनी ट्रान्सफरको साढे १५ लाख रुपैयाँ लुटे

सिरहामा हतियार देखाएर मनी ट्रान्सफरको साढे १५ लाख ५० हजार रुपैयाँ लुटिएको छ ।
सिरहा सदरमुकाममा आइतबार बिहान ११ बजेको समयमा विष्णुपुरमा सञ्चालित शिव मनी ट्रान्सफरका लागि पुरुषोत्तम यादवल सिराहाको ग्लोबल बैंकबाट निकालेकोे १५ लाख ५० हजार रुपैयाँ लिएर जाँदै गरेको उक्त रकम भारतीय मोटरसाइकलमा आएका हतियारधारी समूहले लुटेका हुन् ।

लुटेराहरु भारततर्फ भागेको हुन सक्ने प्रहरीको आशंका छ । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई जना नाकाबधारीले पेस्तोल देखाउँदै लुटेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।
उनीहरूको खोजीकार्य तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

11,500FansLike
2,000FollowersFollow
9,550SubscribersSubscribe
- Advertisement -spot_img

ताजा समाचार