Wednesday, October 9, 2024

स्वर्गीय रामहरि श्रेष्ठकी पत्नी रमिलाको गृहमन्त्रीसँग सुरक्षा माग

स्वर्गीय रामहरि श्रेष्ठकी पत्नी रमिला श्रेष्ठले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग भेट गरेकी छन् । नेकपा (माओवादी केन्द्र) का नेता कालीबहादुर खाम मगर पक्राउ परेपछि आफूमाथि थ्रेट आएको भन्दै श्रेष्ठले गृहमन्त्रीसँग सुरक्षा मागेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

रामहरि श्रेष्ठको हत्या आरोपी खामलाई घटना भएको १६ वर्षपछि प्रहरीले पक्राउ गरेको थियो । खाम अहिले पुर्पक्षका लागी जिल्ला कारागार चितवनमा थुनामा छन् । भेटमा सुरक्षा व्यवस्थापन गरिने प्रतिबद्धता जनाउँदै गृहमन्त्री लामिछानेले मन्त्रालयमा निवेदन पेस गर्न आग्रह गरेका छन् ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

11,500FansLike
2,000FollowersFollow
9,550SubscribersSubscribe
- Advertisement -spot_img

ताजा समाचार