एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा राख्ने नेपाल सरकारको एकलौटी निर्णय भएको भारतले प्रतिक्रिया दिएको छ । नयाँ दिल्लीको प्रस्ट धारणा रहेको भन्दै विदेशमन्त्री जयशंकरले काठमाडौंले एकपक्षीय रूपमा निर्णय गरे एक्लै हिड्न खोजेको प्रतिक्रिया दिएका हुन् ।
उनले दुवै मुलुक सीमाको विषयमा वार्ता गरिरहेको बेलामा एकपक्षीय रूपमा केही गर्नु भनेको नेपालले धरातलको यथार्थलाई परिवर्तन गर्न नचाहेको टिप्पणी गरेका हुन् ।उनले नेपालका तर्फबाट गरिने कामले दुई मुलुकबीचकोे धरातलको यथार्थ र नेपाल र भारतको अवस्थालाई परिवर्तन गर्न नसक्ने बताएको भारतिय संचार एनडीटीभीले जनाएको छ । नेपाल सरकारको निर्णयले दुई मुलुकको सिमाको वास्तविकतालाई छोप्न नसक्ने जयशंकरको भनाई छ ।