कञ्चनपुरमा दोदा नदिमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । बेलौरी नगरपालिका–५ को दोदा नदीमा शनिबार पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।बेलौरी –४ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले जानकारी दिए ।
साथै सोही ठाउँका समीर सुवेदी र शिशिर विष्ट घाइते भएका छन् । घाइतेहरूको बेलौरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।