पछिल्लो समय निकै चर्चामा आएको लोकदोहोरी गीत “डोरी बाटेर”का गायक कमल बिसी (माल्दाई) ले तेस्रो राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड २०८० मा यस बर्षको सर्बोत्कृष्ट लोकदोहारी गायकको अवार्ड हात पार्न सफल भएका छन ।
बिगत लामो समय देखि कलाकारितामा लाग्दै दर्शकहरुको मन जित्न सफल कमल बिसी माल्दाई एक मिठो बोली भएका र मिलनसार ब्यक्तित्व भएका ब्यक्ति हुन ।
थुप्रै चर्चित गीतहरु बजारमा ल्याईसकेका कमल गायकी मात्र नभई लामो समय सम्म संचारमाध्यम बाट पनि दर्शक र स्रोताहरुको मन जित्न सफल भएका थिए ।
पछिल्लो समय लोकदोहरी क्षेत्रमा पनि आफ्नो छुट्टै पहिचान राख्न सफल कमल बिसी (माल्दाई)बर्दियाली कलाकार समाजका अध्यक्ष हुन भने राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठानका केन्द्रिय सदस्य पनि हुन ।
उनले गाएका गीतहरु मध्ये भगवान लाई झुक्ने गराँउछु, हेन्डसम छु गर्लफ्रेन्ड छैन जस्ता थुप्रै गीतहरु चर्चामा रहेका छन भने पछिल्लो समय निकै रुचाईएको गीत “डोरी बाटेर” मार्फत उनले अवार्ड हात पारेका हुन । शो अवार्ड प्राप्त गरीरहँदा गीतकी गायिका अन्जु बिश्वकर्मालाई निकै सम्झेको उनले बताएका छन