Tuesday, November 19, 2024

झापाको बिर्तामोडमा ३ साताअघि भएको वृद्धाको हत्या लुटपाटका लागि भएको प्रहरीले निष्कर्ष

झापाको बिर्तामोडमा ३ साताअघि भएको वृद्धाको हत्या लुटपाटका लागि भएको प्रहरीले निष्कर्ष निकालेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६७ वर्षीया विष्णुमाया विष्टको हत्यामा संलग्न ५ जनालाई पक्राउ गरेको छ । वैशाख २६ गते बिर्तामोड नगरपालिका–४ शिवनगरमा बिहान साढे ७ बजे आफ्नै घरमा बसिरहेकी विष्टको टाउकोमा हतियार प्रहार गरी हत्या भएको थियो ।पक्राउ पर्नेमा शिवनगरकै २२ वर्षीय गंगाप्रसाद राजवंशी, २३ वर्षीय महेश राजवंशी, २१ वर्षीया वर्षा मुनदास राजवंशी, ३३ वर्षीय ज्याक भन्ने भगरथ माझी र अर्जुनधारा–६ का ४३ वर्षीय धनबहादुर कामी छन् ।

गंगा हत्या र चोरीमा संलग्न मुख्य व्यक्ति रहेको सीआईबीको भनाइ छ ।महेशले चोर्न जान सहयोग गरेको, वर्षाले चोरेर ल्याएको सामान लुकाउन सहयोग गरेको, माझीले मृतकको सुन बेच्न सहयोग गरेको र कामीले लुटिएको सुन खरिद गरेको प्रहरीको दाबी छ।लगाएको सुनको सिक्री, कानमा लगाउने सुनको टप र चाँदीको कलश बरामद गरेको छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

11,500FansLike
2,000FollowersFollow
9,580SubscribersSubscribe
- Advertisement -spot_img

ताजा समाचार