टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको हो।२०५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो।नेपालका लागि कप्तान रोहित कुमार पौडेलले शतकीय पारी खेले। रोहितले ५४ बलमा ११२ रनमा आउट भए यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज ‘ए’ ले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा २०४ रन बनाएको थियो।