Tuesday, November 19, 2024

नेपाल र नेपालीको कण कणमा गुन्जिरहेको छ नेपाल र नेपाली क्रिकेट “लेख्नु छ नयाँ ईतिहास” सार्बजनिक

नेपाल १० बर्षपछि बिश्वकपको मैदानमा पुगेको छ । अहिले नेपाल र नेपालीको कण कणमा एउटै कुरा गुन्जिरहेको छ नेपाल र नेपाली क्रिकेट । सोही क्रममा पछिल्लो समय थुप्रै कलाकारहरुले आफ्नो उत्साह गीत मार्फत दर्शाएका छन भने सर्बसाधारणहरुले सोही गीतमा रमाउँदै । बजारमा क्रिकेटमा समर्पित भएर थुप्रै गीतहरु सार्बजनिक गरिएका छन । त्यही क्रममा क्रिकेटमा समर्पित अरुभन्दा भिन्नै र सुन्ने बिक्तकै छुट्टै उर्जा उत्पन्न गराउने अर्को “लेख्नु छ नयाँ ईतिहास” बोलको गीत चर्चित कलाकार धुर्मुस सुन्तलीको नामले चिरपरिचित धुर्मुस सुन्तलीको यु टयुब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।
धुर्मुस सुन्तलीको कुरा गर्नुपर्दा नेपालका चर्चित कलाकारहरु हुन जसले कलाकारिताको साथै बिभिन्न उल्लेख्य सामाजिक कार्य गरेका छन । साथै नेपाल एक न एक दिन यो स्थानमा पुन पुग्ने र नेपाललाई चिनाउन नेपालमा होनहार खेलााडीहरु लागि पर्ने भन्दै उनिहरुले नेपाललाई संगशालाको खाँचो रहेको भन्ने परिकल्पना गरिसकेका थिए जुन अहिले हामी सरकारले बनाउन जिम्मा लिएको चितवनको रंगशालालाई देख्न सक्छौ । उक्त रंगशालाको निर्माणको समय उनिहरुले भोग्नु परेको बिभिन्न आरोह अबरह हामी सबैलाई थाहा भएको कुरा नै हौ तर आफुहरुले सोचेको केही कुरा पुरा हुँदै गरिरहको र सोही समयमा क्रिकेट सम्बन्धी उत्कृष्ठ गीत आफ्नो यु ट्युब च्यानल मार्फत सार्बजनिक गर्न पाउँदा गौरबवान्बित भएको बताएका छन ।
गीतमा दयाराम पाण्डेको शब्द राजेन्द्र बजगाईको संगित तथा संगित संम्योजन एरेन्ज रहेको छ भने डेभिड शंकर,सुबाष तिम्सिना,सबिन शुबेदी,सुजाता केसी र शरु गौतमको आवाज रहेको छ । मनोज परियारको मिक्स माष्टरिङ्ग रहेको गीतलाई मनोज डंगोल र किरन सिंह थापाले रेकडिङ्ग गरेका हुन । गीतलाई स्टुडियो २१ र म्युजिक किचनमा तयार पारिएको हो भने अच्युत बजगाईले भिडियो सम्पादन गरेका हुन ।
नेपाली खेलाडीहरुले सुबिधा र अबसर पाएभने नेपाल र खेलका लागि आफ्नो ज्यान समर्पित गर्नेसक्ने पहिले नै परिकल्पना गरेका र नेपाललाई राम्रो रंगशालाको खाँचो रहेको भन्दै अघि सरेका धुर्मुष सुन्तलीको योगदानलाई केही सम्मान होस भन्ने उदेश्यका साथ आफुले उक्त गीतलाई उनिहरुको च्यानल मार्फत सार्बजनिक गरेको र सार्बजनिक गर्न पाउँदा सुशी भएको गीतको टिमको तर्फबाट राजेन्द्र बजगाई बताउँछन ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

11,500FansLike
2,000FollowersFollow
9,580SubscribersSubscribe
- Advertisement -spot_img

ताजा समाचार