भाटभटेनी सूपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड सहयोग घोषणा गरेका छन । कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातवटै प्रदेशमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बन्न लागेको छ ।
शुक्रबार अपराह्न काठमाडौंको हेपाली हाइटस्थित अस्पताल निर्माण क्षेत्र पुगेर गुरूङले कोइरालाको अभियानमा साथ दिने प्रतिवद्धता जनाउँदै ४१ करोड रुपैयाँ सहयोगको घोषणा गरेका हुन् । उनले अस्पताल निर्माणबारे चासो राखेका थिए । डा. कोइरालाले आफ्नो नेतृत्वमा रहेको टिमले अहिलेसम्म गरेका कामका बारेमा गुरुङलाई जानकारी दिएका थिए ।
त्यसपछि उनले ४१ करोड रूपैयाँ सहयोगको घोषणा गरेका हुन ्।
डा. कोइरालाले खुशी व्यक्त गर्दै उक्त रकम अस्पताल निर्माणमा ठूलो सहयोग रहेको बताए । उनले अस्पताल भगवान कोइराला वा बोर्डको मात्र नभई देशकै लागि गरिएको बताए ।डा. कोइरालाले काठमाडौंसहित सातवटै प्रदेशमा बाल अस्पताल बनाउने अभियान अघि सारेका छन् ।