राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति आन्दोलनका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । शनिवार उपत्यको विशेष ब्यूरोले बहुल राष्ट्रिय राज्य नेपाल स्थापनार्थ नेपा मण्डल घोषणाको लागि बृहत जनप्रदर्शन गर्ने क्रममा हामीमाथि प्रहरीले लाठी बर्साएकोले मसहित दर्जनौं साथीहरू घाइते भएको राजेन्द्र महतोको भनाइ छ ।
उता भद्रकाली क्षेत्रमा ब्यानरसहित महतोको नेतृत्वमा जनप्रदर्शन गर्ने क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको र झडपमा २ प्रहरी र ३ प्रदर्शनकारी घाइते भएको र केही प्रदर्शनकारीलाई नियन्त्रणमा पनि लिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताए।