Tuesday, November 19, 2024

३० लाख दूध किसानको ६ अर्ब कमाइ संकटमा

काभ्रेको धुलिखेल नगरपालिका–२ रविओपीकी अम्बिका चौलागाईं अहिले स्थानीय साहु र सहकारीबाट ऋण लिएर घर चलाइरहेकी छिन् । सासू, श्रीमान् र दुई छोराछोरी सहितको परिवार धानिरहेकी अम्बिकाका श्रीमान् बिरामी छन् । दूध बेचेर जीवन चलाउने अम्बिकालाई अहिले भने ऋणले अत्याउन लागिसकेको छ ।


दुइटा गाईको दूध बेचेर दिनको एक हजार रुपैयाँ आम्दानी गर्ने उनले मंसिरदेखि दूधको भुक्तानी पाएकी छैनन् । ‘महिनामा ५ हजार त श्रीमान्लाई उपचार खर्चै लाग्छ । दुइटाबच्चा पढाउनुपर्छ । दूधको पैसा नपाउँदा खान–लाउन नै सकस भइसक्थ्यो’, चौलागाईंले भनिन् सधैं दूध लिने सेतीदेवी दुग्ध सहकारी संस्थाले अब ऋण समेत दिन नसक्ने अवस्था आएको छ । सधैं हाँस्दै दूधको क्यान बोकेर जाने अम्बिका अहिले मलिन अनुहारमा दूध सहकारीमा छोडेर आउने गरेकी छिन् । ‘सहकारीबाट ऋण लिएर घर–व्यवहार चलाइरहेका छौं । अब त्यो ऋण पनि नपाइने अवस्था आयो । हाम्रो त बिजोग नै हुनेभयो’, उनले दुःख पोखिन् ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

11,500FansLike
2,000FollowersFollow
9,580SubscribersSubscribe
- Advertisement -spot_img

ताजा समाचार