Tuesday, December 3, 2024

“हाई दैया”कलाकारहरु भाषा भाषिका र फ्युजनमा धेरै आर्कषित

सबै क्षेत्र झै अहिले गीत संगितको क्षेत्र पनि अस्तब्यस्त छ । गीत संगित सुन्ने र हेर्नेको संख्या पनि घट्दै गएको छ । दर्शक स्रोताहरुले पनि केही नयाँ चाहान्छन् । सोही क्रममा पछिल्लो समय धेरै कलाकारहरु भाषा भाषिका र फ्युजन गीतहरुमा धेरै आर्कषित भएको देख्न सकिन्छ । त्यहि दर्शकको मागलाई मध्यनजरमा राख्दै उमेश मुस्कान र अनु चौधरीको आवाजमा नेपाली र थारु भाषामा मिश्रण रहेको गित सेबिल ईन्टरटेनमेन्टको यु ट्रयुब च्यानल मार्फत “हाई दैया”बोलमा सार्बजनिक गरिएको छ ।
मोफसलमा बसेर थुप्रै केन्द्रिय कार्य गरिसकेका नवराज शुबेदीको निर्देशन रहेको गीतमा अभिनय संचारकर्मी तथा मोडल कृष्णराज अधिकारी र शोना बर्जाचार्यको रहेको छ । गीतमा आवाज उमेश मुस्कान र अनु चौधरीको रहेको छ भने शब्द संगित पनि उमेश मुस्कानको आफ्नै रहेको छ । फ्युजन तरिकामा बनाईएको गीतमा संगित सम्योजन केशब बडुको रहेको छ । मिक्स माष्टरिङ्ग कुमार रानाको रहेको छ भने मारुनी रेकडिङ्ग स्टुडियोमा गीत रेकडिङ्ग गरिएको हो ।
गीतको छायाकंन,ड्रोन र भिडियो सम्पादन रमेश चौधरी,मेकअप लक्ष्मी चौधरीको रहेको छ भने भिडियो सम्पादनको कार्य कल्सा प्रोडक्सनमा गरिएको हो ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

11,500FansLike
2,000FollowersFollow
9,590SubscribersSubscribe
- Advertisement -spot_img

ताजा समाचार