राष्ट्रीय श्रष्टा तथा प्रस्तोता प्रतिस्ठानले बिगतका बर्ष जस्तै यस बर्षपनि बडादशैंको शुभकामना आदान-प्रदान तथा ३ जना बिशिष्ट शाधकहरुलाई “बिशिष्ट शाधक सम्मान २०८१” सम्बन्धित श्रष्टाहरुको निवासमै पुगेर सम्मान प्रदान गरेको छ।बरिष्ठ पत्रकार तथा लेखक भैरव रिसाल, बरिष्ठ गायक तथा संगीतकार माणिकरत्न स्थापित एवं बरिष्ठ साउन्ड इन्जीनियर प्रदिप कुमार उपाध्यायलाई नगद तथा सम्मानपत्र सहित श्रष्टाहरुको निवासमै पुगेर सम्मानित गरिएको हो।
कार्यक्रममा राष्ट्रीय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानका अध्यक्ष राजेन्द्र बजगाई ,महासचिव दिपक शर्मा, कोषाध्यक्ष नारायण बहादुर थापा,सदस्यहरु प्रतिक्षा काफ्ले,मनोज परियार, सविन सुबेदी, डेबिड शंकर, शरु गौतम लगायतको उपस्थिति थियो ।त्यस्तै संस्थाका सल्लाहकारज्युहरु संगीतकार सुरेश चन्द्र अधिकारी,गीतकार बद्री पान्डे, समाजसेवी नमस्तेलाल श्रेष्ठ,निर्देशक माधबराज खरेल,गीतकार डा•ओमकृष्ण प्रसाईं, प्रेस संयोजक बिष्णु सुबेदी तथा निर्देशक लव प्याकुरेल लगायतका ब्यक्तित्वहरुको उपस्थितिले कार्यक्रम उत्कृष्ट र भव्य भएको कोषाध्यक्ष एवं कार्यक्रम संयोजक नारायण बहादुर थापाले बताउनुभयो।