आज ८ दिन पुगीसक्दा पनि महाजात्राले भने दर्शकहरुलाई उक्तिकै आर्कषण गरेको देखिन्छ । नेपालकै सबैभन्दा ठुलो मल्टीप्लेक्स चेन क्यूएफएक्स सिनेमाजले त सुपर हिट चलचित्रको ट्याग पनि दिइसकेको छ । नेपालको राजनीति भ्रष्टाचारले थिलथिलो भएको बेला प्रदीप भट्टराईले ‘महाजात्रा’ ल्याएका छन् । ‘महाजात्रा’मा पुण्यप्रसाद भ्रष्टाचारमा लिप्त राजनीतिज्ञको अवतारको रुपमा अवतरीत हरिवंश आचार्य भएका छन् ।
‘महाजात्रा’ एउटा कथा भएतापनि नेपाली राजनीतिमा ‘महाजात्रा’को त्यही कथा तथ्यको कवचमा जनताको दाइँ गर्न उद्धत देखिएको छ । ‘महाजात्रा’मा कथाअनुसारको पात्रमा विपिनदेखि वर्षासम्मको अभिनय भने प्रशंसनीय छ ।‘महाजात्रा’मा राजनीतिको विकारलाई साहित्यिक कथाले बोलेको छ ।