8.1 C
Kathmandu
spot_img

नित्याशिवाको “बाबा आमा मेरो भगवान” भन्ने गीत सार्बजनिक

बाबा आमा भनेका जिउँदो भगवान हुन जसले सन्तानका लागि आफ्नो जीवन सर्मपित गरेका हुन्छन सोही क्रममा बिरेन्द्र कोइरालाको प्रस्तुतिमा नित्याशिवाको स्वरमा रहेको बाबा आमा मेरो भगवान बोलको गीत नित्याशिवा युटुब च्यानल बाट रिलिज गरिएको छ । यो संसारमा आमा बाबा भन्दा ठूलो कोहि हुन्न भन्ने मुल आसय बोकेको गीतमा शंकर अधिकारी घायलको शब्द, बिकाश चौधरीको संगीत नित्याशिवाको स्वर,सन्जय हमालको संगीत सम्योजन रहेको छ । ए लेभल स्टुडियोमा रेकर्ड गरिएको गीत लाई अजय अधिकारीले रेकर्डिङ गरेका छन भने मिक्सिङ र मास्टरिङ गोबिन्द सोनिको रहेको छ ।
शंकर अधिकारी घायलले निर्देशन गरेको गीतमा सन्तोष पराजुलीको छायांकन,मदन न्यौपानेको शृङार, प्रेम शर्मा पौडेलले सम्पादन रहेको छ भने शंकर अधिकारी घायल, मोहन गमाल, चन्द्रबहादुर कटुवाल , माया कटुवाल , नित्याशिवा र बालकलाकार दिपशिका कोइरालाको अभिनय रहेको छ ।गीतलाई सुनिता कटुवाल कोइराला,बिशुका कोइराला,रिशुका कोइरालाले निर्माण गरेका हुन ।बाबा आमा समर्पित रहेको यो गीत बुवाको मुख हेर्ने दिनको लागि विशेष रुपले तयार गरिएको हो ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles