खाने मुखलाई जुँगाले छेक्दैन, भने झै मेहेनत र प्रतिभा भएपछि केही कुराले पनि रोक्न सक्दैन भन्ने कुराको चरित्रार्थ भएको छ गीतकार शंकर अधिकारी घायलको जिवनमा । सानै देखिको लेखक बन्ने सपना उनले काठमाडौ आएपछि पूरा गरे उनको जिवनको पहिलो गीत गीत पहिलो चलचित्र मैदानमा गीत लेखेर ।घायलले लेखेको दादागिरी चलचित्रको “तिम्रो आखामा बस्ने” बोलको गीत सफल भए पछि उनको गीति लेखन यात्रा उकालो लाग्दै गयो । किस्मत,खलनायक,नसिब आफ्नो हुँदै चलचित्र अन्दाजको” सिम्पल सिम्पल कान्छिको डिम्पल पर्ने गाला” गीतले उनलाइ थप उचाइ दिलायो । गीत लेख्दा लेख्दै उनले आफ्नो यात्रालाई चलचित्र लेखन र निर्देशन तर्फ मोडे । चलचित्र लेखन निर्देशनमा हात हालेपनी गीत लेख्ने क्रम भने उनको जारी नै रहेको थियो । केही बर्ष पछि घायलले” सिरुपाते जुँगामा दाहिने हातको ताउ” बोलको मार्फत पुन: गीत लेखनलाई निरन्तरता दिए ।गणपती चलचित्रको उन भित्र गुण फुल्ने,एक भागवत एक गीताको “माया लाई चिनो हातैमा”, रेखा थापाको उपहारको “वा वा वा ” हुँदै रोशन श्रेष्ठको “यो मन त मेरो नेपाली हो” सम्म आइपुग्दा घायलको गीत लेखन यात्रा जारी छ । अबभने आफ्नो पहिचान गीतकारमा सिमित नरहने बताउछन उनी किनभने उनले बाबू शाहेब बलामी को निर्देशनमा अनटाइटल चलचित्रको गीतमा पहिलो पटक संगीत पनि दिएका छन जसका कारण उनी अब सङितकारको रुपमा पनि दर्शकहरु माझ आउने भएका छन र सबैले मनपाराइदिने पनि अपेक्षा रहेको उनले बताएका छन । हाल उनी रेकर्डिङमा ब्यस्त छन ।