8.1 C
Kathmandu
spot_img

अमेरिका बस्दै आएका लिला बहादुर गुरुङको पहिलो प्रस्तुती “चिनजान गरौ” सार्बजनिक

देश भनेको पहिचान हो । देश संस्कार र संस्कृति पनि हो । देशबाट टाढा हुन सकिन्छ बिर्सिन सकिँदैन ।हजुर सोही क्रममा बिगत लामो समय देखि अमेरिका बस्दै आएका गीत सङीतलाइ माया गर्ने लिला बहादुर गुरुङ्को पहिलो कोशेली “चिनजान गरौ” बोलको गीत नेपाली भाका यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।
गीतमा सरोज बिरहीको लय/शब्द,शान्ती श्री परियार,रुबि सिन्जाली,लिला बहादुर गुरुङ,सरोज बिरही र प्रीतम गुरुङको आवाज रहेको छ भने मनोज परियारको अरेन्ज र मिक्स/ माष्टरिङ रहेको छ । गीतलाइ एच डी एस एम एस स्टुडियोमा रेकडिङ गरिएको हो ।
सरोज बिरही कार्कीको निर्देशन रहेको गीतको भिडियोमा रयान बस्याल,पार्बती श्रेष्ठ,लिला बहादुर गुरुङ,सबिना बुनु र राम शरन कोईरालाको अभिनय रहेको छ ।
गीतको भिडियोमा कोरीयोग्राफी रयान बस्याल,छायांकन बिष्णु परियारको रहेको छ भने सन्जय अधिकारीको सम्पादन,कलर तथा पोष्टर डिजाइन रहेको छ। गीत आफ्नो पहिलो प्रस्तुती सङै कलाकारितालाइ निरन्तरता दिने लिला बहादुर गुरुङ्ले बताए।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles