सिजल एन्ड सिस्टर एल.एल.सी अमेरिकाका संस्थापक तथा समाजसेवी पेन्सल भेनिया निवासी मेघ शुबेदीको जन्मदिनको अबसरपारी संस्थाको नेपालमा रहेको सिजल एण्ड सिष्टर फाउण्डेसनका अध्यक्ष सन्चित भण्डारीको संयोजकत्वमा सफलता एच आइ भी शिक्षा सदनका बालबालिकालाई राहत बितरण गरिएको छ।
यस भन्दा अघिका दिनहरुमा पनि थुप्रै असाहय आश्रम तथा बिपदका बेला सहयोग गर्दै आएको र जाजरकोटमा भुकम्प पिडितहरुलाइ ५० लाख भन्दा बढिको राहत सहयोग गरेको थियो । साथै जुनसुकै अबस्थामा पनि फाउन्डेसन सहयोगका लागि तत्पर अघि बढी रहने फाउन्डेसन नेपालका अध्यक्ष सन्जित भण्डारीले जानकारी दिए।
निर्देशक,कार्यक्रम आयोजक तथा समाजसेवी समीर लामाले संचालन गरेको कार्यक्रममा बरिस्ठ चलचित्र निर्देशक मदन घिमिरे,पछिल्लो समयका चर्चित सङीतकार राजेन्द्र बजगाई,सन्चारकर्मी तथा समाजसेवी राज लुइटेल,निर्देशक जीवन शाही,सन्चारकर्मी तथा गीतकार गीता अधिकारी,फाउन्डेसनका कार्यक्रम सम्योजक राजन भन्डारी,फाउन्डेसनकै सचिव तथा कोषाध्यक्ष दिल्लिराम सिग्देल,सदस्य सङीता खड्का,फोटोग्राफर,निर्देशक तथा सन्चारकर्मी कुबेर तामाङ,छिटो पोष्टका स्वस्तिका पन्थी,दिपेश गुरुङ र चुरो खबरका सम्पादक तथा गायक प्रमोद डिजिको उपस्थिती रहेको थियो।
उक्त कार्यक्रममा सफलता एच आइ भी शिक्षासदनकि प्राध्यापक र शिक्षकलाई राहत हस्तातन्तरण गरिएको थियो। साथै कार्यक्रममा केक काटेर रमाइलो पनि गरिएको थियो। साथमा त्यहाकी बालिकाले गाएको गीत सुनेर सङीतकार राजेन्द्र बजगाईले गीत रेकर्ड गरिदिने प्रतिबद्धता पनि जनाएका थिए।
