15.1 C
Kathmandu
spot_img

“नेपाली पोशाक हाम्रो गौरव, हाम्रो शान”भन्ने श्लोगनका साथ विगत ११ वर्ष देखि मनाइदै आएको राष्ट्रिय पोशाक जनवरी एकमा मनाईने

नेपालको ऐतिहासिक, सांस्कृतिक, र पहिचानको प्रतीकका रूपमा राष्ट्रिय पोशाक, राष्ट्रिय झण्डा, र भिन्नताहरूको संरक्षण गर्नका लागि २०८१ पौष १७ गते १२औं राष्ट्रिय पोशाक दिवस आयोजना राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री माननीय बद्री पाण्डेको उपस्थितिमा हुने कार्यक्रमको सेडुयल पनि राष्ट्रिय धरोहर प्रतिष्ठान नेपालले सार्वजनिक गरेको छ ।
उक्त अवसरमा, राष्ट्रिय पोशाक तथा अन्तर्राष्ट्रिय टोपी दिवसको महत्वलाई थप उजागर गर्दै सांस्कृतिक जागरणको अभियानलाई निरन्तरता दिन, २०७१ सालमा स्थापना भएको यस दिवसलाई उत्साहपूर्वक मनाइँदै आइएको छ ।
राष्ट्रिय पोशाक दिवसले नेपालका मौलिक भेषभूषा, परम्परा, र सांस्कृतिक विविधतालाई सम्मान गर्दै एकता र पहिचानको सन्देश फैलाउने उद्देश्य राखेको छ । यस अवसरमा नेपालका विभिन्न जातजातिका मौलिक पोशाक, परम्परा, र पहिचानलाई उजागर गरिन्छ ।
राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका अध्यक्ष अभियन्ता,सुधारवादी पण्डित राजानन्द माण्डव्यको राष्ट्रिय पोशाक दिवस सुरू गर्नु पर्ने कारण ’२०६८ सालमा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले दौरासुरुवाल र गुन्यूचोली समयसापेक्ष नभएको भन्दै राष्ट्रिय पोसाकबाट हटाएर नेपालमा लगाइने सबै पोसाकलाई राष्ट्रिय पोसाकको मान्यता निर्णय ग¥यो । सरकारको यो निर्णयले राजानन्दको मन कुँडियो ।

उनले भने‘मन यति दुखेछ कि राष्ट्रिय पोसाक दिवस मनाउन मैले साथी भेला गरें । दौरासुरुवाल लगाएर दिवस बनाउने योजना बनाए । त्यो बेला राष्ट्रिय पोसाक लगाउनु भनेको सरकारको विरोध गर्नुजस्तै थियो। भूमिगत हुनुपर्ने पो हो कि भन्ने डर पनि थियो। दुई वर्ष चुपचाप बसियो ।’ जब भट्टराई नेतृत्वको सरकार ढल्यो, राजानन्दको विरोध कार्यक्रम सतहमा देखियो  ।
त्यसपछि उनीहरू अंग्रेजी नयाँ वर्ष जनवरी १ को दिन बनेपामा राष्ट्रिय पोसाक लगाएर दिवस मनाउन थाले । काठमाडौं, असनबाट १०÷११ जोर दौरासुरुवाल किनेर केही युवाले बनेपामा बृृहत् सांस्कृतिक कार्यक्रम गरे । कार्यक्रमले अपेक्षा अनुरूप व्यापकता नपाएपछि उनको अभियान संघीय राजधानी काठमाडौं केन्द्रित भयो  ।

काभ्रेदेखि बसन्तपुर, दरबारसम्म गाडी रिजर्ब गरी पन्चैबाजा, खैंजडीसहित उनको टोली वसन्तपुरमा आएर जनवरी १ कै दिन नेपाली पोसाक दिवस मनाउने कार्यलाई निरन्तरता दिए । यी कार्यले पनि ध्यानाकर्षण हुन नसकेपछि दाजुभाइले रचनात्मक विरोधको शैली नै फेरे  । २०७४ बैशाख १४ गते माइतीघर मण्डलामा सालको पात लगाएका बजगाईंसहितका युवाले ¥याली प्रदर्शन गरे । सालको पातलाई फेबिकलले कम्मरमा टाँसेर राजानन्दको नेतृत्वमा युवाले सडकमा ¥याली निकाल्यो । माइतीघरबाट बानेश्वरसम्म पैदल मार्च गरेका युवाको टोलीले राष्ट्रिय पोसाक घोषणा गर्न माग ग¥यो । सोही अनुरुप अहिले पछिल्लो समय देखि जनवरी १ बाट प्रत्येक बर्ष यसरी नै राष्ट्रिय पोशाक दिवस मनाउने गरिएको छ ।

Screenshot 2024 12 30 161016
spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles