15.1 C
Kathmandu
spot_img

लामो समयदेखि क्यान्सरसँग संघर्षरत कलाकार घनश्याम गौतमको उपचारमा भक्तपुर क्यान्सर अस्पताललाई गम्भीर लापरवाहीको आरोप

लामो समयदेखि क्यान्सरसँग संघर्षरत कलाकार घनश्याम गौतमको उपचारमा भक्तपुर क्यान्सर अस्पतालले गम्भीर लापरवाही गरेको आरोप लागेको छ। कलाकार समेत रहेकी  गौतमकी श्रीमती  युगज्योतीले सामाजिक सञ्जालमार्फत न्यायको गुहार गर्दै उक्त आरोप लगाएकी हुन्।

युगज्योतीले श्रीमान गौतमको फेसबुक वालमा फिल्म क्षेत्रका सयौं कलाकारलाई ट्याग गर्दै लेखेकी छन्, “ 

“मलाई न्याय चाहिएकाे छ !

सबैलाई नमस्ते! भक्तपुर क्यान्सर अस्पतालकाे चरम लापरवाहिका कारण मेराे श्रीमानकाे अवस्था धेरै गम्भीर भएकाे छ।..मलाई भक्तपुर क्यान्सर असपतालले गल्ती भएकाे हाे..तर तपाईलाई डिस्काउन्ट गरेर सहयाेग पनि आएकाे छ.. याे कुरा माैन राख्नुस भनियाे.. अहिले मलाई चुप बस्न आर्थिक प्रलाेभन देखाउँदै चुप बस्न भनिएकाे छ…मलाई किन्ने प्रयास नगरियाेस् । मेराे आत्मसम्मानमा समेत ठेस लाग्ने गरि व्यवहार गरिएकाे छ। सबैलाई अनुराेध गर्छु मेराे आवाज मेराे गुहार सम्बन्धि निकायसम्म पुगाेस् र मलाई मेराे श्रीमानलाई न्याय मिलाेस्।”

घनश्याम गौतम नेपाली फिल्म र टेलिभिजन क्षेत्रमा आफ्नो हाँस्य भूमिकाका लागि चर्चित छन्। नक्कली प्रचण्डको भूमिकामा उनले दर्शकमाझ लोकप्रियता कमाएका थिए।

भक्तपुर क्यान्सर अस्पतालमा विभिन्न समस्या झेलेपछि अहिले घनश्याम गौतमको उपचार काठमाडौँको सिनामंगलस्थित के.एम.सी अस्पतालमा भइरहेको छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles