हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाका अनुसार पीडित परिवारको उजुरीका आधारमा ५० वर्षीय पुरुषलाई पक्राउ गरिएको हो ।
पीडित परिवारले बिहीवार इलाका प्रहरी कार्यालय पशुपतिनगरमा जाहेरी दर्ता गरेका थिए । जाहेरी परेपछि आरोपितलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए ।
अनुसन्धान जारी रहेकाले प्रहरीले आरोपीको परिचय गोप्य राखेको छ ।