धनी गरिब जातभात जे भएनी माया कहिले झुक्दैन र जो सङपनि माया बस्न सक्छ मायाको सिमा हुदैन । सोही कथामा आधारित सुनैको रहर बोलको गीत धर्मराज कुमार शाहीको यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ।
उक्त गीतमा दीपक दर्पणको शब्द,भरत ताम्राकारको सङीत,शाहस शाक्यको सङीत सम्योजन,प्रकाश मिश्रको मिक्स माष्टरिङ रहेको छ भने भरत ताम्राकार र समीक्षा चौधरीको आवाज रहेको छ।
अनिल शाहिको कथा परिकल्पना र निर्देशन रहेको गीतमा धर्मराज कुमार शाही र निरु बिसीको अभिनय,रोनिश तामाङ्को ड्रोन तथा क्यामरा,बिमला सापकोटाको मेकअप,अर्जुन खड्काको सम्पादन रहेको छ भने ड्रीम्स मेकर फिल्म क्रीउको पोस्ट प्रोडक्सन रहेको छ ।गीतमा बिक्रम ठकुरी,मनराम केसी, सरु कान्छी,राम प्रसाद शर्मा,इन्द्र वाइबा,गोबिन्द खड्का र मिष्टर राधेले अभिनयमा साथ दिएका छन। प्राबिधिक गणेश बिक र सन्जोक श्रेष्ठको रहेको छ।