सन्सा फिल्मस द्वारा आयोजित देउसी भैलो कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुरज खनालको अध्यक्षता गायक तथा सर्जक मोतिराज खनालको प्रमुख आतिथ्यता साथै पत्रकार वर्षा खनाल लगायत ख्याति प्राप्त कलाकारहरुको सहभागीतामा समापन तथा सम्मान पत्र बितरण कार्यक्रम सफलता पुर्बक सम्पन्न भएको हो । हाम्रो साँस्कृतिक तथा धार्मिक पर्व दिदी बहिनी दाजुभाइको सम्बन्ध लाई जिवन्त बनाउने साथै काग तिहार , कुकुर तिहार , गाई तिहारमा पशु पन्छीको पनि पुजा अर्चना गर्ने माया गर्ने सम्पुर्ण जगतको अस्तित्व स्विकार गर्ने प्रेम भाव दर्शाउने पशु पन्छीलाई फुलमालाले सजाउने मिठा मिठा परिकार बनाएर खान दिने यो पर्व तिहारलाइ मन नपर्ने सायद कमै होलान । तिहारमा देउसी भैलो पनि उमंगका साथ खेल्ने गरिन्छ। सोही क्रममा सन्सा फिल्मसले पनि ख्याती प्राप्त कलाकारहरुको सहभागीतामा अत्यन्तै हर्ष उल्लासका देउसी भैलो सम्पन्न गरेको सस्थाका अध्यक्ष सुरज खनालले बताए । देउसी भैलो खेल्नुको मुल उदेश्य हाम्रो लोप हुँदै गएको मौलिक पनको जगेर्ना गर्नु रहेको यस कार्यक्रमका प्रमुख अतिथि गायक मोतिराज खनाले बताए ।
कार्यक्रममा देउसी भैलोका साथै हाम्रा लोपोन्मुख ख्याली नाच , सोरोठी नाच र मारुनी नाचले गर्दा डिजे बजायर नाच्ने शहर बजारको जीवन शैलीबाट अलिकती मौलिकता बचाउनु पर्छ,धर्म सस्कृती बचाउनु पर्छ भन्ने भावनाले ठाउँ पाएको छनक देख्न सकिन्थ्यो । सस्थाले सन्सा फिल्मस द्वारा देउसी भैलो खेल्ने सम्पुर्ण कलाकार तथा पत्रकारलाई सम्मान गरेको हो । कार्यक्रम रोचक र आकर्षक देखिन्थ्यो । उक्त कार्यक्रमलाई अन्त नारायण केसी ( भान्जाले ) संचालन गरेका थिए।