8.1 C
Kathmandu
spot_img

पुस २९ र माघको १ गते काठमाडौंको टुडिखेलमा माघ महोत्सव हुँदै

काठमाडौं , थारु जातीहरुको महान पर्व माघी थारु गाउँ गाउँमा सुरु भइ सकेको छ । नयाँ बर्षको रुपमा निकै रमाईलो गरेर मनाउने माघी पर्वको इतिहास र यसको महत्व अरुको भन्दा निकै फरक छ । नेपाल र नेपाल बाहिर रहेका झण्डै १९ लाख थारु समुदायले विभिन्न कार्यक्रम गरि माघी मनाउने गरेका छन् । यस बर्ष विभिन्न संघ सस्थाहरुको संयुक्त आयोजनामा काठमाडौंको टुडिखेलमा पुषको २९ र माघको १ गते माघ महोत्सव गर्ने भएको छ ।

DSC00108


दुई बर्ष पछि हुन लागेको माघ महोत्सव थारु कल्याणकारिणी सभासहित विभिन्न जातीय संस्थाहरुको सहकार्यमा आयोजना हुन लागेको हो। त्यसको पुर्व सन्ध्यामा आ विहान मोटरसाईकल र्याली गरिएको छ । कोटेश्वर बाट सुरु भएको र्याली तिनकुने, सिनामंगल,मैतिदेवि, बाग बजार हुँदै भृकुटी मंण्डपमा पुगेर कोण सभामा परिणत भएको थियो । महोत्सव भब्य र सभ्य हुने थारु कल्याणकारिणी सभाका केन्द्रिय अध्यक्ष प्रेमीलाल चौधरीले बताए ।

कार्यक्रममा थारु कलासंस्कृति झलकने झाँकी, कलाकारहरुको प्रस्तुती, थारु परिकारको स्वाद पनि लिन सकिने थाकसका केन्द्रिय सदस्य गीता कुमारी चौधरीले बताइन ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles