8.1 C
Kathmandu
spot_img

डाक्टर ओम कृष्ण प्रसाईको बुवामा समर्पित हिन्दी भाषको गीत सार्बजनिक

बुवा नाम नै काफी छ जो आफ्नो सन्तानका लागि जिवनभर संघर्षरत रहेका हुन्छन । आमा जननीलाई धर्तीको स्वरुप मानिएको छ भने बुवालाई आकाशको । बुवा भन्ने बिक्तिकै हौसला र आधार भन्ने बुझिन्छ । आमा र बुवाको बयान सायद गित संगितको मध्यमबाट केही मात्र बयान गर्न सकिएला । पुर्ण बयान गर्न नसकिएपनि गित संगितको माध्यमबाट थुप्रै आमाको बारेमा लेखिएका गीतहरु बजारमा आएका छन भने बुवाको बारेमा लेखिएका र गाइएका गितहरु धेरै थोरै नै बजारमा आएका छन ।
बरिष्ठ खेलकर्मी रचनाकार डाक्टर ओम कृष्ण प्रसाईले बु्वाको बारेमा केही गितहरु लेख्दै आएका छन । प्रसाईको बुवा बोलको गीतपनि बजारमा आईसकेको छ ।
पछिल्लो समय प्रसाईले थुप्रै गीतहरु लेखेका छन र गितहरु उनले बिभिन्न भाषमा पनि लेख्ने गरेका छन । सोही क्रममा डाक्टर ओम कृष्ण प्रसाईको बुवामा समर्पित हिन्दी भाषामा लेखिएको गित उनको अफिसियल यु ट्युब च्यानल डाक्टर ओम कृष्ण प्रसाई यु ट्युब च्यानल मार्फत “वो मेरे पिता हे” बोलको गीत सार्बजनिक भएको छ ।
अति नै मिठास र गहन शब्दले भरिएको गीतमा शब्द डाक्टर ओम कृष्ण प्रसाई,भ्वाईस अफ नेपालकी प्रतिष्पर्धी सुरक्षा सेन्चुरीको आवाज, संगित राज्य राई डेमिन,संगित संयोजन संजय हमालको रहेको छ भने रेकर्डिष्ट अजय अधिकारी र मिक्स माष्टरिङ्ग गोबिन्द सोनीको रहेको छ । ए लेभल रेकडिङ्ग स्टुडियोमा रेकडिङ्ग गरिएको गीतको प्रस्तुतकर्र्ता ममता रायमाझी हुन ।
गीतमा अभिनय डाक्टर ओम कृष्ण प्रसाई,अनु आचार्यको रहेको छ । बालकलाकारमा अभिनय भने नायरा प्रसाई र पासाङ्ग शेर्पाको रहेको छ । बिनोद सापकोटाको छायाकंन,ललित सिंह साउदको भिडियो सम्पादन,सुमन शंकरको मेकअप रहेको छ भने पोष्ट प्रोडक्सन एलडि मिडिया प्रालीको रहेको छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles