18.1 C
Kathmandu
Wednesday, January 15, 2025
spot_img

ब्याक टु ब्याक हिट गीतपछि डेभिड शंकरको ‘जुनकिरी’ सार्बजनिक

डेभिड शंकर अहिले गीत संगित क्षेत्रको एक चिरपरिचित नाम भैसकेको छ । उनलाई चिनाउन र उनको बर्णन गर्नका निम्ति हामीले छक्का पन्जा ४ को दर्शन सलाम भन्ने बोलको गीत सुने पुग्छ । सोही गीतका गायक हुन डेभिड शंकर ।थुप्रै चर्चित गीतहरुमा आफ्नो आवाज दिईसकेका डेभिड शंकरको अर्को एक जुनकिरी बोलको गीत मसकबिन नेपालको यु ट्युब च्याजल मार्फत सार्बजनिक गरिएको छ ।

चर्चित संगितकार दिपक शर्माको शब्द र संगित,आवाज डेभिड शंकर र बेनिशा,रेकडिङ्ग समिर कार्की र मिक्स माष्टरिङ्ग नरेन्द्र बियोगीको रहेको छ भने वेभ स्टुडियोमा गीतको रेकर्डको सम्पुर्ण कार्य सम्पन्न गरिएको हो ।
उक्त गीतको भिडियो निर्देशन प्रकाश भट्टले गरेका हुन । गीतमा अभिनय स्वेता महरा र कुसांग बोमजन,अनिमेश गुरुङ्गको मेकअप,करन चैसिर एण्ड टिमको छायाकंन,सम्पादन तथा कलर टेकेन्द्र शाह रहेको छ भने श्याम मल्ल यसका प्रोडक्सन म्यानेजर रहेका छन ।
बिगत लामो समय देखि गित संगित क्षेत्रमा आफ्नो निरन्तरता दिंदै ३ दर्जन भन्दा बढि गीत गाएका डेभिड शंकरका दर्शन सलाम,पहिलो नम्बरमा,घिन घिन मादल,डन्का पिट्यो, राधा कृष्ण,लाहुरे आयो लगायतका थुप्रै गीतहरुले अझ धेरै चर्चा कमाएका छन ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles