15.1 C
Kathmandu
spot_img

नारायण थापाको आवाजमा गीतकार रमेश दहालको शब्द भएको ‘रातभरि ‘सार्बजनिक

लोकप्रिय गायक नारायण थापाको सुमधुर गीत रातभरि आएर तिम्रो याद’ मार्फत फेरी पनि स्रोतामाझ आएका छन् । थुप्रै गीतहरु जुन मायाको पुजा गरे, दिलमा आगो, तिम्रो आकर्षणले, माया जालैमा लगायतका दर्जनौ गीत पस्किसकेका गायक नारायण थापाको आवाजमा गीतकार रमेश दहालको शब्द भएको ‘रातभरि ‘’बोलको गीतको लिरिकल भिडियो सार्बजनिक गरिएको छ ।
मेलोडी नेपाल रेकडिंग स्टुडियोमा रेकर्ड गरिएको यस गीतलाई गायक थापा आफैले संगीतबद्ध गरेका हुन । गीतमा पुष्कर सुनुवारको संगीत संयोजन रहेको छ । गीतमा हररात प्रेमिकालाई सम्झेर रात काट्ने विषयलाई उल्लेख गरिएको छ । गीतकार दहाल प्रायः सकारात्मक सन्देशले भरिएका, बिम्ब र प्रतिक अनि उच्च गीति चेतनामा गीत रचना गर्न मन पराउँछन् । गायक नारायणको सुमधुर स्वर रहेको यो गीतमा पनि गीतकार दहालले ती बिम्बहरु प्रयोग गरेका छन् ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles