बाबुसाहेब बलामीको निर्देशन रहने नेपाली चलचित्र ‘माइली’को सोमबार भद्रकालीमा पुजाआजा गरी शुभ मुर्हत गरिएको छ । एक कार्यक्रमको आयोजनाका साथ गरिएको शुभ मुर्हतमा निर्देशक बाबु साहेब बलामी,नायिका तथा फिल्मको मुख्य पात्र प्रियंका कार्की,कमला घिमिरे,अन्सु महर्जन,कुशुम शर्मा लगायत अन्य कलाकारका साथै पटकथा संबाद लेखन रहेका शंकर अधिकारी,छायाकांर शीब ढकाल र संगितकार राजेन्द्र बजगाई लगायत बिभिन्न मिडियाकर्मीहरुको उपस्थिती रहेको थियो । अभिनेत्री करिश्मा मानन्धरको पनि मुख्य भूमिका रहनेछ । सोमबार बाटै छायांकन सुरु गरिने फिल्ममा प्रियंका कार्कीले डाईलग बोलेर शुभ मुर्हतमा छायाकंन सुरु गरिएको हो। फिल्मलाई मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौंसहित दुबईमा पनि खिच्ने तयारी गरिएको छ । फिल्ममा शंकर अधिकारी ‘घायल’को गीत, पटकथा तथा संवाद लेखन र राजेन्द्र बजगाईंको संगीत रहेको छ ।
निर्देशक बलामीले सत्य घटनामा आधारित भएर फिल्म बन्न लागेको बताए । फिल्ममा महिलाको पीडा र संघर्षलाई देखाइने उनको भनाई छ । ‘दलित महिलाको श्रीमान् नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउँछ ? उसलाई स–साना छोरीहरु हुर्काउन कति कठिन हुन्छ ? नेपाली समाजले जातीयताको आडमा कसरी प्रताडित गरिरहेको छ भन्ने विषयवस्तुमा फिल्म बन्नेछ’, बलामीले भने ।