Monday, November 18, 2024

सङ्गीत उद्योग सङ्घमा प्रहरीको मानव बेचबिखन ब्युरोले छापा हानेपछि संगित क्षेत्रका अग्रजहरुको यस्तो भनाई

सङ्गीत उद्योग सङ्घकाको अध्यक्ष सूर्य मगरमाथि प्रहरीको मानव बेचबिखन ब्युरोले अनुसन्धान गरिरहेको छ । फर्जी कागजात बनाएर मानिसलाई विदेश पठाउने गरेको सूचनाका आधारमा उनीमाथि अनुसन्धान भइरहेको ब्युरोका एसएसपी ओम रानाले बताए । प्रहरीले उनलाई बुधवार सोधपुछपछि तारेखमा रिहा गरेको छ । रानाले भने, ‘उहाँ तारेखमा हुनुहुन्छ ।’मगरले कलाकार र पत्रकार बनाएर ‘अस्ट्रेलिया लान सक्छौँ’ र त्यसका लागि २२ लाख लाग्छ भनेको अडियो प्रहरीले फेला पारेको छ । प्रहरीले बुधवार अनामनगरस्थित सङ्घको कार्यालयबाट कागजात र कम्प्युटर बरामद गरेको छ । अडियोमा उनले बोलेका कुरा र कागजातको विवरण छानबिन भइरहेको एसएसपी रानाले जानकारी दिए । संगित क्षेत्र एउटा ठुुलो इतिहास राखेको क्षेत्र हो जसले हजारौ कलाकारहरु जन्माएको छ । यो क्षेत्रमा यस्तो हुनु भनेको लाज लाग्दो कुरा बताउँदै कलाकारको रोजी रोटी माथी खेलवाड गरेको रोयल्टी समाजका अध्यक्ष बद्री बी पाण्डेले बताउनु भयो । उहाँले थप्नु भयो भगवानले दिएको कला गलालाई प्रस्तुत गर्ने स्थान हो जहाँ हजारौ कलाकारहरुले सपना बोकेका हुन्छन तीनै कलाकारको हकहितका लागि बोल्ने भनेर खोलीएको नेतृत्व गर्ने संघ संस्थाले नै यस्तो गर्नु भनेको दुखद रहेको बताउनु भयो । उहाँका अनुसार सङ्गीत उद्योग सङ्घकाको अध्यक्ष सूर्य मगरको नामको पछिल्लो समय जति चर्चा भएपनि उक्त संस्थालाई हालका अध्यक्षले त्यहाँ रहेको फर्निचर र कम्युटर तथा कागजातहरु पहिले नै अफिसको भाडा तिर्न नसकेर ६० देखि ७० हजारमा ७,८ महिना अगाडी अर्कै संस्थालाई बेचेर एउटा झोलामा मात्र सिमित भएको र हाल प्रहरीको मानब बेचबिखन ब्युरोले छापा मारेर लिएको कागजात तथा कम्प्युटरहरु सङ्गीत उद्योग सङ्घको नभई संगित प्रस्तोता संघको रहेको बताउनुभयो ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

11,500FansLike
2,000FollowersFollow
9,580SubscribersSubscribe
- Advertisement -spot_img

ताजा समाचार